Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन र गभर्नर नियुक्तिका विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

शिक्षक आन्दोलन र गभर्नर नियुक्तिका विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


  • 1.6K
    Shares

    • images
    शिक्षक आन्दोलन र गभर्नर नियुक्तिका विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

    काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो। बैठकले समसामयिक विषयवस्तुमा छलफल गर्नुका साथै महत्त्वपूर्ण निर्णयहरू पनि गर्ने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

    बैठकले शिक्षा मन्त्री विद्या भट्टराईले दिएको राजीनामा पनि स्वीकृत गर्ने बताइएको छ। शिक्षा मन्त्री भट्टराईले सोमबार पदबाट राजीनामा दिएका थिए। शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउँदै लगेपछि मन्त्री भट्टराईले राजीनामा दिएकी हुन्। यद्यपि उनले स्वास्थ्य कारण देखाउँदै राजीनामा दिएको मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ।

    बैठकले वैशाख १२ गतेबाट सञ्चालन हुने संसद अधिवेशन, आन्दोलनरत शिक्षकका माग र राष्ट्र बैंकका गभर्नर नियुक्तिका विषयमा पनि छलफल गर्ने स्रोतको भनाइ छ। 

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १८:०७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij