Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विकास प्राधिकरण अमिन यादवविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दायर, दोषी ठहर गर्दै सजाय माग

विकास प्राधिकरण अमिन यादवविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दायर, दोषी ठहर गर्दै सजाय माग


  • 1.8K
    Shares

    • images
    विकास प्राधिकरण अमिन यादवविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दायर,   दोषी ठहर गर्दै सजाय माग

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका एक अमिनविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    काठमाडौं अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करार पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा दायर गरेको छ । 

    उजुरीको आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा निजले ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेकोछ ।

    यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा देखिएको छ। यादवको आयभन्दा व्यय अत्यधिक भएको र गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति  पुष्टि भएको आयोगले जानकारी दिएको  छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ अनुसारको कसुरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरेको छ ।

     

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १४:५८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij