Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा

वैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा


  • 2.3K
    Shares

    • images
    वैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा

    गोरखा । २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा दिवंगत हुने नागरिकको सम्मान र सम्झनामा शुक्रबार(वैशाख १२ गते) बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

    शुक्रबार गाउँपालिका भित्रका सरकारी कार्यालय, विद्यालय तथा गैरसरकारी कार्यालयलाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

    वैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा श्रद्धाञ्जली कार्यक्रम, भूकम्प सम्बन्धी तस्बिर प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १२:५९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij