२०८२ चैत्र २ गते सोमवार
काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोक जुगल–१ का १९ वर्षीय रामकृष्ण विकलाई काभ्रे जिल्ला अदालतले बालिकासँग सम्बन्ध राखेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
काठमाडौँमा बस्दै आएका विक र रोशी गाउँपालिका–महादेवटार निवासी बालिका केही महिनादेखि प्रेम सम्बन्धमा थिए। उनीहरू सामाजिक सञ्जालमार्फत चिनजानमा आएका थिए।
२०८१ फागुन २७ गते बालिकाले विकलाई बनेपामा बोलाएर सहमतिमा शारीरिक सम्बन्ध राखेको बताएका छन्। यद्यपि दुवै नाबालिग भएकाले बालिकाका अभिभावकले जबरजस्ती करणीसम्बन्धी जाहेरी दिएका थिए।
प्रहरीले अनुसन्धानपछि विकलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत काभ्रेपलाञ्चोकले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij