Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अस्ट्रेलियामा समुद्री छालले बगाउँदा मर्नेको सङ्ख्या ७ पुग्यो

अस्ट्रेलियामा समुद्री छालले बगाउँदा मर्नेको सङ्ख्या ७ पुग्यो


  • 1.6K
    Shares

    अस्ट्रेलियामा समुद्री  छालले बगाउँदा मर्नेको सङ्ख्या ७ पुग्यो
    images

    ब्रिसबेन । अस्ट्रेलियामा आइतबार न्यु साउथ वेल्सको तटस्थित ढुङ्गामा च्यापिएर एक नौ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार आकस्मिक टोलीले ती बालकलाई भेट्टाउन सके पनि उनलाई मृत भेटिएको बताइएको छ ।

    आइतबार बिहान तटमा एक पिता र छोराको उद्धार गर्न हेलिकप्टर गएको थियो । १४ वर्षीय छोराको उद्धार गरिएको भए पनि पिताको चाहिँ मृत्यु भएको भनिएको छ । 

    भिक्टोरियाका प्रहरीहरूले शुक्रबारदेखि बेपत्ता रहेका ४१ वर्षका एक पुरुषलाई खोजिरहेका छन् । योसँगै गएको सप्ताहान्तमा मात्रै डुबेर मर्नेको सङ्ख्या सात पुगेको छ ।

    अधिकांशको मृत्यु समुद्री तटबाट ढुङ्गामा बसिरहेको समयमा बलियो छालले बगाउँदा भएको हो । दुई जना अझै पनि बेपत्ता रहेको भनिएको छ । इस्टरको बिदाका कारण लम्बिएको सप्ताहान्तमा भएका यस घटनालाई निकै खराब बताइएको छ । 

    धार्मिक पर्वको समयमा रमाइलो गर्न निस्किएकाहरूका लागि सप्ताहान्त निकै भयावह बनेको न्यु साउथ वेल्समा सर्फ लाइभ सेभिङका सीईओ स्टेभन पियर्सले भने । गुड फ्राइडेयता मात्रै आफूहरूले १५० भन्दा धेरै पटक उद्धार गरेको सर्फ लाइभ सेभिङले भनेको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - ११:३८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij