Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गभर्नर विवादको रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा

गभर्नर विवादको रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा


  • 1.1K
    Shares

    • images
    गभर्नर विवादको रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा

    काठमाडौं । गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको पुरक निवेदनमा आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । गएको चैत १८ गते अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र ‘मनोनयन सम्बन्धी मापदण्ड २०७३’  संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।

    उक्त संशोधनविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले चैत ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले गत वैशाख २ गते तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अल्पकालीन आदेशका लागि आइतबार दुवै पक्षलई छलफलका लागि बोलाएको थियो ।

    यसैबिच गभर्नरमा कार्यकारी निर्देशक डा.भट्टको चर्चा चुलिएसँगै गत शुक्रबार अधिवक्ताद्वयले पुरक निवेदन दिएका थिए । आइतबार रिट र पुरक निवेदनमाथि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा गएको थियो ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १०:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij