Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

शंकरापुरमा विवाह गरेको दुई महिनामा नै पत्नीको हत्या, पति फरार

शंकरापुरमा विवाह गरेको दुई महिनामा नै पत्नीको हत्या, पति फरार


  • 2.3K
    Shares

    शंकरापुरमा   विवाह गरेको दुई महिनामा नै  पत्नीको हत्या, पति फरार

    काठमाडौं । ५८ वर्षको उमेरमा ४६ वर्षीया महिलासँग विवाह गरेको २ महिनापछि हत्या । शंकरापुर- ९ को घटना हो यो ।

    ५८ वर्षीय पदमबहादुर तामाङले २ महिनाअघि विवाह गरेकी ४५ वर्षीया माइती तामाङको गए राति हत्या गरेका छन् । हत्यापछि पदमबहादुर फरार छन् । रामेछापको खाँडादेवी-७ उनको स्थायी ठेगाना हो ।

    उनीहरू त्यहाँ कृषिकार्य गरी जीविकोपार्जन गर्थे । मृतक माइली राति पूर्वपति तर्फका दुई सन्तानसँग सुतेकी थिइन् ।

    राति साढे ९ बजे पदमबहादुरले पत्नीमाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुई बच्चा गम्भीर घाइते छन् । एक ११ र अर्को १० वर्षका उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

    पदमबहादुरले पत्नी आफूसँग सुत्न नआएको झोकमा हत्या गरेको प्रहरीको अनुमान छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - ०९:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij