Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक बढुवा गर्न शिक्षक सेवा आयोगले थाल्दैछ यस्तो काम,के गरेपछि शिक्षकको खुल्छ बिज्ञापन ?

शिक्षक बढुवा गर्न शिक्षक सेवा आयोगले थाल्दैछ यस्तो काम,के गरेपछि शिक्षकको खुल्छ बिज्ञापन ?


  • 32.1K
    Shares

    • images
    शिक्षक बढुवा गर्न शिक्षक सेवा आयोगले थाल्दैछ यस्तो काम,के गरेपछि शिक्षकको खुल्छ बिज्ञापन ?

    काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षकहरुको आन्तरिक लागत संकलन गर्ने भएको छ। सरसर्ती हेर्दा कार्य सम्पादन मूल्यांकन भन्दा पनि बढुवा प्रयोजनका लागि त्यस्तो लागत राख्न लागेको बुझिएको छ।  आयोगले शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मुल्याङकन फारम भर्ने सम्बन्धी जरुरी सुचना जारी गर्दै त्यसको प्रारम्भिक तयारी शुरू गरेको हो। आयोगको आगामी आर्थिक वर्षमा ठुलो संख्यामा शिक्षकको बढुवा र स्थायी नियुक्तीका लागि बिज्ञापन गर्दैछ । आयोगले उक्त फारम २०७८ असार मसान्तभित्र भरिसक्न पनि सुचित गरेको छ । 

    देशभर ३८ हजार शिक्षकको दरबन्दी खाली छ।  त्यो पूर्ति गर्नु पहिले कार्य सम्पादन मुल्याङकनलाई मानक बनाएर शिक्षक बढुवा गर्ने र त्यसपछि हुन आउने संख्या बराबर स्थायी शिक्षकको बिज्ञापन गर्ने अभिप्रायले उक्त कार्य गरिन लागेको हो। आयोगले पदाधिकारी पाएको छ महिना भित्रै यी सबै काम सक्ने गरि तयारी थालेको बुझिएको हो। 

    प्रकाशित मिति :बैशाख ९ २०७८ बिहिवार - १३:५२:३१ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij