Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

यस्तो बन्दैछ मदननगरमा एमालेको अत्याधुनिक नयाँ भवन

यस्तो बन्दैछ मदननगरमा एमालेको अत्याधुनिक नयाँ भवन


  • 5.1K
    Shares

    यस्तो बन्दैछ मदननगरमा एमालेको अत्याधुनिक नयाँ भवन

    काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ठाउँमा नै नेकपा एमालेको नयाँ भवन निर्माण गर्ने भएको छ ।

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नयाँ भवन शिलान्यास गर्नुभएको छ । बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास भएको छ ।

    १३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख बिष्णु रिमालले जानकारी दिए । नेकपाकालमै भवन निर्माण गर्ने भनिए पनि पार्टीभित्रै किचलो भइरहेकाले थाति रहेको रहेको थियो ।

    रिमालका अनुसार २ महिनाभित्र माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने र त्यसपछि निर्माण शुरु गरिनेछ । सामान्यतः दुई वर्षभित्र भवन निर्माण सकिने उनले बताए । अहिले करीव १३ रोपनी जग्गाको डिजाइन तयार पारिएको छ भने एमालेले कार्यालयको क्षेत्र विस्तार गर्ने योजना पनि बनाइरहेको छ ।

    २०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो । आजै एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सन्चालन हुने गरी उद्घाटन हुँदैछ ।

    प्रकाशित मिति :बैशाख ९ २०७८ बिहिवार - ११:१४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij