Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गगन र विश्वप्रकाशलाई सुर्य थापाको जवाफः कुलमान हटाउन काँग्रेसकै मन्त्रीबाट प्रस्ताब आएको, किन नरोकेको ?

गगन र विश्वप्रकाशलाई सुर्य थापाको जवाफः कुलमान हटाउन काँग्रेसकै मन्त्रीबाट प्रस्ताब आएको, किन नरोकेको ?


  • 3.3K
    Shares

    • images
    गगन र विश्वप्रकाशलाई सुर्य थापाको जवाफः कुलमान हटाउन काँग्रेसकै मन्त्रीबाट प्रस्ताब आएको, किन नरोकेको ?

    काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले कुलमान घिसिङलाई कांग्रेसकै जोडबलमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विभागीय मन्त्रीको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान हटाउने कार्य अगाडि बढाएको बताएका हुन् ।

    नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कुलमान हटाइएको विषयमा निरन्तर असन्तुष्टि व्यक्त गरिरहेको अवस्थामा नेता थापाले यस्तो जवाफ फर्काएका हुन् । महामन्त्रीद्वयले आफ्नो पार्टीको मन्त्रीबाट त्यो प्रस्ताव आउन रोक्न सक्नुपर्नेमा अहिले बेतुकका तर्क गरिरहेको बताए ।

    ‘उहाँहरुले जस्तै कुरा गर्ने हो भने हामीले भन्न सक्छौं– चार महिना हटाउन आवश्यक थिएन । प्रधानमन्त्रीले सम्बन्धित विभागीय मन्त्रीको प्रस्तावलाई अगाडि बढाइदिनुभयो र विद्युत प्राधिकरणमा नयाँ व्यवस्था भयो,’– उनले भने ।

    प्रकाशित मिति :बैशाख ६ २०८२ शनिवार - १४:२४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij