Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

चुनाव जितेका पत्रकार नेतालाई बलात्कारको लाग्यो बात्, पुलिसले जाक्यो खोरमा 

चुनाव जितेका पत्रकार नेतालाई बलात्कारको लाग्यो बात्, पुलिसले जाक्यो खोरमा 


  • 6.6K
    Shares

    चुनाव जितेका पत्रकार नेतालाई बलात्कारको लाग्यो बात्, पुलिसले जाक्यो खोरमा 

    रुपन्देही । बलात्कार आरोपमा पत्रकार महासंघ रुपन्देहीका एक नवनिर्वाचित सदस्य पक्राउ परेका छन ।

    महासंघ रूपन्देहीको कार्यसमिति सदस्यमा चैत २५ गते निर्वाचित पुनहरि बेल्वासे जबरजस्ती करणीको अभियोगमा पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।

    नेपाल एजुकेशनल ट्रेनिङ सेन्टरका संचालकसमेत रहेका बेलबासेलाई इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई जबरजस्ती गरेको आरोप छ ।

    युवतीले जबरजस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

    बेलबासेलाई जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले बताए ।

    अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

    पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जबरजस्ती करणीको आरोप लगाएको प्रहरीको भनाइ छ ।

    अभियुक्त बेलबासे आर्थिक बुलेटिन अनलाइन पत्रिकाका सम्पादक हुन् ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १७:०२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij