Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

छोरीको उत्तरपुस्तिका सच्चाएर परीक्षामा पास गराउने लोकसेवाका अधिकृत शाहीविरुद्ध मुद्धा

छोरीको उत्तरपुस्तिका सच्चाएर परीक्षामा पास गराउने लोकसेवाका अधिकृत शाहीविरुद्ध मुद्धा


  • 7.4K
    Shares

    छोरीको उत्तरपुस्तिका सच्चाएर परीक्षामा पास गराउने लोकसेवाका अधिकृत शाहीविरुद्ध मुद्धा

    काठमाडौं । छोरीको उत्तरपुस्तिका सच्चाएर परीक्षामा पास गराएको आरोपमा लोक सेवा आयोगले तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहीविरुद्ध सरकारी कागजात सच्याइ अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा छोरी सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याइ अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

    अनुसन्धानमा  तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

    उनीविरुद्ध कार्य भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारको प्रवक्ता एवं  सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १६:२३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij