Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसदीय दलको नेता वा काबा सभापति नदिएपछि बिच्किइन् सुमाना, ८४ मा बालेनको पछि लाग्ने तयारी

संसदीय दलको नेता वा काबा सभापति नदिएपछि बिच्किइन् सुमाना, ८४ मा बालेनको पछि लाग्ने तयारी


  • 4.3K
    Shares

    • images
    संसदीय दलको नेता वा काबा सभापति नदिएपछि बिच्किइन् सुमाना, ८४ मा बालेनको पछि लाग्ने तयारी

    काठमाडौं । सभापति रवि लामिछाने थुनामा रहेका बेला सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ । कार्यकर्तापङ्ति उनको यो निर्णयबाट आश्चर्यमा परे पनि नेतृत्व पंतिका लागि भने यो अप्रत्याशित होइन ।

    आफ्नो राजीनामापत्रमा सुमनाले नेतृत्वप्रति ठूलो असन्तुष्टि पोखेकी छैनन् । ‘एक व्यक्ति एक पद’ को अवधारणा अनुसार आफू सांसदकै भूमिकामा केन्द्रित हुन चाहेको उनले बताएकी छिन् । तर, पार्टी स्रोतहरूका अनुसार उनी रास्वपामा केही समययता खुशी थिइनन् । सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पार्टीका आन्तरिक बैठकहरूमा सुमनाको फरक स्वर निस्किन थालेको थियो ।

    खासमा उनी रवि पक्राउ परेपछि पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने पक्षमा थिइन् । तर, बाहिर खुलेर बोल्न सकेकी थिइनन् ।

    ‘उहाँले अनौपचारिक कुराकानीमा सभापतिले पार्टीको जिम्मेवारी त्याग्नुपर्ने धारणा पटक-पटक राख्नुभएको थियो,’ स्रोतले भन्यो, ‘तर, खासै कसैले पनि त्यसमा सहमति नजनाएपछि उहाँले औपचारिकरूपमा प्रस्ताव ल्याउन सक्नुभएन ।’

    पार्टीकै अर्को स्रोतको दाबीअनुसार सभापति लामिछाने पक्राउ परेर सांसदबाट समेत निलम्बित भएसँगै अचानक सुमनाको महत्वाकांक्षा बढेको थियो । उनी पार्टीको संसदीय दलको नेता वा कार्यवाहक सभापतिसम्मको ताकमा बसेकी थिइन् । दुवै नपाएपछि उनको असन्तुष्टि चुलिएको हो ।

    बालेनप्रतिको आकर्षण र रविप्रतिको वितृष्णा सुमनाले हालै एक पोडकास्ट अन्तर्वार्तामा अव्यक्तरूपले पोखेकी थिइन् । यो अन्तर्वार्ता अहिले फेरि चर्चामा आएको छ ।

    रवि लामिछानेले हिरासतबाटै अर्याललाई टीका लगाएर कार्यवाहक सभापति बनाएको भन्दै सुमना चिढिइन् । त्यसपछि उनी संसदीय दलको नेता बन्नेतर्फ मोडिएको स्रोतले बतायो । उनले टीका लगाएर नभइ विधानअनुसार प्रतिस्पर्धा गराएर संसदिय दलको नयाँ नेता चयन गर्नुपर्ने अडान लिइन् ।

    अदालतको आदेशमा रवि लामिछाने हिरासतबाट निस्किएपछि तत्काल पार्टीमा सक्रिय भएनन् । केही समय उनले ब्रेक लिए र डीपीले नै पार्टी हाँके । सुमनाले भने पार्टी गतिविधिहरूमा धेरै चासो दिन छाडिन् ।

    पार्टीकै अर्को स्रोतको दाबीअनुसार सभापति लामिछाने पक्राउ परेर सांसदबाट समेत निलम्बित भएसँगै अचानक सुमनाको महत्वाकांक्षा बढेको थियो । उनी पार्टीको संसदीय दलको नेता वा कार्यवाहक सभापतिसम्मको ताकमा बसेकी थिइन् । दुवै नपाएपछि उनको असन्तुष्टि चुलिएको हो ।

    धेरैले उनी ८४ को चुनावमा रविलाई छोडेर बालेनको समिपमा पुग्ने आँकलन गरिरहेका छन् । एक केन्द्रीय सदस्यले भने, ‘०८४ को चुनावमा बालेनले नयाँ पार्टी खोल्छन् र त्यसमा लाग्ने भनेर बस्नुभएको छ । अब रास्वपामा उहाँको आवद्धता प्राविधिकमात्र हुन्छ ।’ बालेनले पार्टी खोल्छन् वा खोल्दैनन् कुनै निधो छैन । 

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १४:२७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij