२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । एक वर्षपछि जलविद्युत कम्पनीको आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन भएको हो ।
२०८१ सालमा कुनै पनि जलविद्युत कम्पनीको आईपीओ निष्कासन नभएकोमा २०८२ को वैशाखमा सान्भि इनर्जी लिमिटेडले शुक्रबारबाट आईपीओ जारी गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपाली र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर १०० रुपैयाँको दरले आईपीओ निष्कासनको अनुमति पाएको छ भने त्यसमध्ये ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता शेयर इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालि–१, ३ र ४, सूर्योदय नगरपालिका–१० र ११ का आयोजना प्रभावित बासिन्दाको लागि आईपीओ खुल्ने भएको हो ।
कम्पनीले २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता शेयर सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेको नेपालीहरूको लागि २ लाख ९१ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । इच्छुक लगानिकर्ताले शुक्रबार देखि वैशाख १५ गतेसम्म आवेदन दिन सकिने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij