२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । शिक्षकहरूको आन्दोलनको कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना रहेको छ । शिक्षक कर्मचारीहरूको आन्दोलनको कारण वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षा अन्योल परेको छ ।
शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने, ‘शिक्षकहरू नै नभएपछि परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ जस्ता कुराले कक्षा १२ को वार्षिक परीक्षा अन्योल रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताएका छन् ।
तोकिएको समयमामा परीक्षा सञ्चालन नभएको खण्डमा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शैक्षिक क्यालेन्डरमा असर पर्ने र चाँडै समस्याको समाधान भएर काममा फर्किनेमा बोर्ड आशावादी रहेको शर्माले बताएका छन् ।
शिक्षकहरू परीक्षामा सहभागी हुने वा नहुनेमा अन्योलमा रहे पनि भने बोर्डले आन्तरिक तयारी गरीरहेको छ ।बोर्डले परीक्षामा सहभागी हुन शिक्षकहरूलाइ अनुरोध समेत गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij