२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सर्लाहीको हिरापुरबाट करिब २ सय ४४ किलोग्राम लागूऔषध गाँजासहित सोही २५ वर्षीय सुशिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको गाडीलाई चेक जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई ल्याएको उक्त लागूऔषध र गाँजा फेला पारी चौधरीलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij