Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

रौतहटमा रहेका विद्यालयलाई वैशाखभित्र वार्षिक परीक्षासक्न निर्देशन

रौतहटमा रहेका विद्यालयलाई वैशाखभित्र वार्षिक परीक्षासक्न निर्देशन


  • 5.5K
    Shares

    रौतहटमा रहेका विद्यालयलाई वैशाखभित्र वार्षिक परीक्षासक्न निर्देशन

    रौतहट । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले रौतहट जिल्लामा रहेका विद्यालयहरुलाई वैशाखभित्र आफ्नो वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता बसेको केन्द्रको बैठकले जिल्लाका सामुदायिक एवम् संस्थागत सम्पूर्ण विद्यालयहरुको वार्षिक परीक्षा वैशाख मसान्तसम्म सम्पन्न गर्न र संक्रमण देखिएका वा आशंका भएका विद्यालयहरु आवश्यकता अनुसार केन्द्रसँगको समन्वयमा बन्द गर्ने निर्णय गरेको छ ।

    विद्यालय तथा बालबालिका उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्नुपर्नेमा केन्द्रले जोड दिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

    त्यसैगरी केन्द्रले जिल्लामा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले तत्कालै धरहरीमा रहेको सय बेड क्षमताको, चन्द्रपुरमा रहेको ४० बेड क्षमताको, गौर अस्पतालको तालिम हलमा ३० बेड क्षमताको आइसोलेसन तत्काल संचाललनको लागि तयारी अवस्थामा राख्ने निर्णय पनि केन्द्रले गरेको छ । त्यसैगरी केन्द्रले जिल्ला रहेका १० वटा आइसियु, ४ वटा भेन्टिलेटर एवम् १५ वटा एचडियु संचालन गर्न आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने निर्णय पनि गरेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।

    उहाँले कोरोनाको संक्रमण बढेसँगै जिल्ला सबै १८ वटा स्थानीय तहहरुमा यसअघि संचालनमा आएका आइसोलेसन तथा क्वारेन्टिनहरुलाई पनि तयारी अवस्थामा राख्न भनिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । उहाँले नेपाल–भारत आवातजावत गर्नेहरुको लागि गौर, बंकुल तथा महादेवपट्टीमा हेल्थ डेस्क स्थापना गरेर उनीहरुको स्वास्थ्य परिक्षण गरिएको र संक्रमित देखिएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ्गमा पनि तिवत्रा दिइएको जानकारी दिनुभयो ।

    रौतहट जिल्लामा मंगलबारसम्म ३५ जना संक्रिय संक्रमितहरु रहेका छन् । पछिल्लो समय गौर अस्पतालको पिसिआर ल्यावमा पीसीआर परीक्षण गराउने मध्ये अधिकांशमा संक्रमण पुष्टि भइरहेको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १५:१३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij