२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदै नयाँ रेकर्ड बन्दै आएको छ । आज सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेर प्रतितोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो भने आज प्रतितोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।महासंघको अनुसार १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर प्रतितोलामा १९६० रुपैयाँ पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij