Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रुटिन अफ नेपाल बन्द पेज सञ्चालकले सूचना दिएन, लिखित जवाफ पेस गर्न आदेश

रुटिन अफ नेपाल बन्द पेज सञ्चालकले सूचना दिएन, लिखित जवाफ पेस गर्न आदेश


  • 2.6K
    Shares

    रुटिन अफ नेपाल बन्द पेज सञ्चालकले सूचना दिएन, लिखित जवाफ पेस गर्न आदेश

    काठमाडौँ । सामाजिक सञ्जाल पेज रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ ।

    कानुनका विद्यार्थी विवेक चौधरीले २०८१ फागुन १४ गते रुटिन अफ नेपाल बन्दसँग सूचना माग गरेका थिए ।

    तर उक्त पेज सञ्चालकले सूचना दिएनन् । त्यसपछि चौधरीले उक्त पेजको कार्यालयका प्रमुखलाई पनि उजुरी गर्दै सूचना माग गरेका थिए । 

    तथापि, सूचना उपलब्ध नगराएको भन्दै चौधरीले आयोगमा माग बमोजिम सूचना उपलब्ध नगराउने सूचना अधिकारी र कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै पुनरावेदन गरेका थिए ।

    उक्त पुनरावेदन पत्रपछि आयोगले रूटिन अफ नेपाल बन्दलाई आयोगले लिखित जवाफ गर्न आदेश जारी गरेको हो । आयोगले सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्ने कुनै कारण भए सोको आधार र प्रमाणसहित ७ दिनभित्र आयोगसमक्ष पेस लिखित जवाफ पेस गर्न आयोगले आदेश गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - २०:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij