२०८२ फाल्गुण ३० गते शनिवार
वीरगञ्ज । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले ३६ वर्षीय प्रमोद सर्राफलाई पक्राउ गरेको छ ।
सोमबार वीरगञ्ज महानगरपालिका–२४ मा बाबु आमा नभएको मौका परेर सर्राफले ७ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
छिमेकीको छोरीलाई उनले १० रुपैयाँ दिएर फकाउँदै आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । बालिकाको बावु–आमाले दिएको सूचनाको आधारमा प्रहरीले मंगलबार साँझ प्रमोदलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij