Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ईसेवा चलाउनुहुन्छ ? साबधान ! ४ हजार जनाको रकम चोरी गर्ने २२ वर्षीय युवक पक्राउ

ईसेवा चलाउनुहुन्छ ? साबधान ! ४ हजार जनाको रकम चोरी गर्ने २२ वर्षीय युवक पक्राउ


  • 1.9K
    Shares

    • images
    ईसेवा चलाउनुहुन्छ ? साबधान ! ४ हजार जनाको रकम चोरी गर्ने २२ वर्षीय युवक पक्राउ

    काठमाडौँ । हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे । प्रहरी उपरीक्षक अंगुर जिसी भन्छन्, ‘त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्‍याउँथे ।’

    प्रहरी उपरीक्षक जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफल भएका थिए । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।

    उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए । उनलाई वैशाख २ गते काठमाडौँको कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

    रकम चोरी भएको बारे कम्पनीमा निबेदन दिदाँ कम्पनीले कुनै सहजिकरण नगरेको उल्टै प्रहरीकहाँ गएर उजुरी गर्नुस् हामी केही गर्न सक्दैनौं भन्दै झकिर्ने गरेको पिडितहरुको गुनासो छ ।

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १५:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij