२०८२ फाल्गुण ३० गते शनिवार
बुटवल । पाल्पाको माथागढी–५, सुर्कावास हात्तीलुङमा टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
महेन्द्रराजमार्गको सुनवलबाट माथागढी–५, चुनढुंगा खानीमा जाँदै गरेको टिप्पर दुर्घटनामा परेर सल्यानका ३७ वर्षीय राम बोहोराको घटनास्थलमै मृत्यु भएको माथा प्रहरी चौकीका प्रहरी निरीक्षक हरि अर्यालले जानकारी दिए ।
लु २ ख ३६३६ नम्बरको टिप्पर सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अध्ययन गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij