२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितको संवैधानिक निकायमा नियुक्ति प्रक्रिया विरुद्ध ५२ जनाको मुद्दा आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ हुँदै ।
अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको १५ थान रिटमाथि प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू मनोजकुमार शर्मा, सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेको थियो । सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij