२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा अध्यागमन विभागले १३६ जनालाई विमानस्थलबाट फर्काएको छ ।
बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले जानकारी दिए ।
नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेको भन्ने सूचनापछि अध्यागमन विभागले उनीहरुलाई फर्काएको हो । यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेका छन् ।
यस्तै नक्कली पीसीआर रिपोर्ट दिएको आशंकामा प्रहरीले सूरिया ल्याबमा छापा हानेको छ । महानगरीय अपराध महाशाखाले मंगलबार छापा हानेर त्यहाँबाट ६ जना कर्मचारीलाई मंगलबार नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ९ हजार रुपैयाँमा नक्कली पीसीआर रिपोर्ट बनाइएको आरोपमा कर्मचारीहरुलाई नियन्त्रणमा लिइएको हो । फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij