Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लागेका अमेरिकी नागरिकले छाडे नेपाल

राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लागेका अमेरिकी नागरिकले छाडे नेपाल


  • 1.3K
    Shares

    • images
    राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लागेका अमेरिकी नागरिकले छाडे नेपाल

    काठमाडौं । राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै निष्कासनमा परेका अमेरिकी नागरिकले नेपाल छाडेका छन्। मंगलबार एयर इन्डियाको ४:२७ बजेको फ्लाइटबाट ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पालले नेपाल छाडेका हुन्।

    अध्यागमनले उनलाई दिल्ली हुँदै अमेरिका पठाएको स्रोतले जानकारी दिएको छ। राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका किर्पाललाई सरकारले देश निकाला गर्ने निर्णय गरेको थियो।

    गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको थियो।

    गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो।

    प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो। पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको स्रोतको भनाइ छ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १५:५८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij