Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सरकारले चासो नदेखाएको भन्दै वित्तीय पीडितहको कडा आन्दोलन गर्ने चेतावनी

सरकारले चासो नदेखाएको भन्दै वित्तीय पीडितहको कडा आन्दोलन गर्ने चेतावनी


  • 1.4K
    Shares

    सरकारले चासो नदेखाएको भन्दै  वित्तीय पीडितहको कडा आन्दोलन गर्ने चेतावनी

    काठमाडौं । वित्तीय पीडितहरूले आफूहरूको मागलाई सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रूपमा नलिन अध्यक्ष मनिराम ज्ञवालीले चेतावनी दिएका छन् । अधिकारका लागि लड्ने जनताले कहिल्यै पनि हारेको इतिहास नभएको बताउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटक पटक भएको सम्झौताहरूलाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायिक कार्य भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताएका छन्  ।  राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् । 

    बैशाख ४ गते सम्पूर्ण पीडितहरू सडकमा उत्रने र ठुलो प्रदर्शन गर्ने जानकारी दिए छन् ।

    images
    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १५:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij