Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना संक्रमण बढ्दै गएपछि तरुण दलका सबै कार्यक्रम स्थगित

कोरोना संक्रमण बढ्दै गएपछि तरुण दलका सबै कार्यक्रम स्थगित


  • 8.1K
    Shares

    कोरोना संक्रमण बढ्दै गएपछि तरुण दलका सबै कार्यक्रम स्थगित

    काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

    दलका अध्यक्ष जित जंग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा कोरोना संक्रमण बढ्दै गएकाले गण्डकी प्रदेश र प्रदेश २ मा तय गरिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु स्थगित गरिएको जनाउनु भएको छ ।

    तरुण दलले गण्डकी प्रदेशको पोखरामा यही बैशाख १२ र १३ गते तथा प्रदेश २ को बारामा जेठ १ र २ गते बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु गर्ने तयारी गरेको थियो ।

    अध्यक्ष बस्नेतले कोरोनाको प्रकोप नियन्त्रणमा आइ सामाजिक वातावरण सहज भएपछि केन्द्रीय समितिले पुनः नयाँ मिति सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १३:२७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij