Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नयाँ वर्षको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

नयाँ वर्षको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


  • 1.5K
    Shares

    • images
    नयाँ वर्षको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

    काठमाडौं । नयाँ वर्षको दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    • मोरङ, ग्रामथान गाउँपालिका-६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनालाई थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर रिफर गरिएको छ । 
    • इलाम, माई नगरपालिका-४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका-६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    • सिराहा, बरियारपट्टी गाउँपालिका-५ तेनुवापट्टीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । 
    • पाल्पा, बगनासकाली गाउँपालिका-१ रायडाँडास्थित सडकमा घोरबन्दाबाट बर्तुङतर्फ आउँदै गरेको लु.६१ प ७६३६ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा चालक तानसेन नगरपालिका-६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
    • धनुषा, मिथिला नगरपालिका-६ बसीपुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको म.प्र ०२-००७ प ९६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक महोत्तरी लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा बस्ने ३२ वर्षीय श्रवन कुमार महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
    • दाङ, घोराही उपमहानगरपालिका-१६ स्थित सडकमा लु.प्र.०२-००१ प ०६९३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सन्जिब चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
    • रौतहट, परोहा नगरपालिका-३ लौकाहा बजारस्थित सडकमा तेजापाकडबाट पोखरीयातर्फ जाँदै गरेको प्रदेश २-०३-०२० प ३७२० नम्बरको मोटरसाइकलको ठक्करबाट ठेला चालक सोही ठाउँ बस्ने ६० वर्षीय शेख गोनउरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १२:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij