Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जाजरकोटमा ७ घण्टाको फरकमा २ भूकम्प

जाजरकोटमा ७ घण्टाको फरकमा २ भूकम्प


  • 1.5K
    Shares

    • images
    जाजरकोटमा ७ घण्टाको फरकमा २ भूकम्प

    जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन्।

    कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए। 

    पहिलो भूकम्प गएराति (वैशाख १ गते) ९ बजेर ३१ मिनेटमा गएको थियो। केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्यागनिच्युटको थियो।

    त्यसैगरि दोस्रो भूकम्प आज बिहान (वैशाख २ गते मंगलबार) ४ बजेर ५३ मिनेटमा गएको अधिकारीले जानकारी दिए। यो भूकम्प ४.४ म्याग्निच्युटको छ। लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। 

    गत चैत २१ गते साँझ पनि पैँक क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। त्यतिबेला पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए। यी दुई भूकम्पका कारण त्यो क्षेत्रमा केही घरमा सामान्य क्षतिसमेत पुगेको थियो।

    पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन्। 

    चैत २० गते दार्चुला केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो। 

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - ०७:०१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij