Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राजाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई देश निकाला गर्ने निर्णय

राजाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई देश निकाला गर्ने निर्णय


  • 2.2K
    Shares

    राजाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई देश निकाला गर्ने निर्णय

    काठमाडौँ । राजसंस्थाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक जुलियन किर्पाललाई सरकारले देश निकाला गरेको छ । 

    गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डीपोर्ट गर्ने निर्णय गरेको हो । उनलाई मंगलबार सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभाग स्रोतले जानकारी दिएको छ ।  

    विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्धसहित देश निकाला गरेको हो । 

    पर्यटक भिसामा नेपाल बस्दै आएका ५८ वर्षीय किर्पाललाई प्रहरीले चैत १४ गते माइतीघरबाट पूर्वराजाको पक्षमा नारावाजी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

    प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको र राजावादीहरूसँग निरन्तर भेटघाटमा रहेको पाइएपछि देश निकाला गरिएको बताइएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १ २०८२ सोमवार - १८:४७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij