२०८२ फाल्गुण ३० गते शनिवार
सिरहा । सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादबलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घरमा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij