Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी

निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी


  • 1.9K
    Shares

    • images
    निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी

    काठमाडौं । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेका छन् । यसअघि पेश गरिएका मागको समेत ध्यानाकर्षण गराउँदै ६ वटा संगठनले निजामती क्षेत्रका सवाल पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका छन् ।

    नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् ।

    निजामती सेवा ऐन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण छलफल हुनुपर्ने र समग्र कर्मचारीको साझा हित हुनुपर्ने उनीहरूको भनाइ छ ।

    ‘निजामती प्रशासनलाई संघीय शासन अनुरूपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी हुन आवश्यक रहेको छ’, यी संगठनले भनेका छन् ।

    शिक्षकहरूको सडक आन्दोलनप्रति पनि निजामती क्षेत्रमा क्रियाशील यी संगठनले गम्भीर ध्यानाकर्षण भएको व्यक्त गरेका छन् ।

    सरुवा, बढुवा, पदस्थापन, वृत्ति विकास, कासमुलगायतका सवालमा राखिएको माग पूरा नगरे आन्दोलन गर्ने र उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने कर्मचारी संग(संगठनको चेतावनी छ ।

     

    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - १५:१८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij