Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नारायणी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

नारायणी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु


  • 6.7K
    Shares

    नारायणी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

    पर्सा । कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ ।

    नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान १० बजे मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजशोसन दासका अनुसार मृतक सर्लाहीको मलंगवा–२ का वासिन्दा रहेको थिए । 

    मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । उनमा गम्भीर प्रकारको निमोनिया पाइएको दासले बताए ।

    कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका विभिन्न अस्पतालमा सात जना संक्रमितको मृत्यु भएको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १२:२९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij