Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादीलाई बनाउनु भन्दा त पशुपतिका बाँदरलाई प्रधानमन्त्री, मन्त्री बनायो भने राम्रो : प्रधानमन्त्री ओली

राजावादीलाई बनाउनु भन्दा त पशुपतिका बाँदरलाई प्रधानमन्त्री, मन्त्री बनायो भने राम्रो : प्रधानमन्त्री ओली


  • 1.7K
    Shares

    • images
    राजावादीलाई बनाउनु भन्दा त पशुपतिका बाँदरलाई प्रधानमन्त्री, मन्त्री बनायो भने राम्रो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनमा भएको विध्वंशको चर्को आलोचना गरेका छन्। शनिबार झापामा अयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै उनले राजावादीहरु लक्षित कटा कटाक्षसमेत गरे।

    ‘तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे,’ उनको भनाइ छ, ‘आगजनी, तोडफोड गर्दै, ढुंगा मुढा गर्दै, घर फोड्दै, उद्योगधन्दाहरुमा आगो लगाउँदै, अरुका पसलहरु लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सिका बोतल चोर्दै भाग्दै गरेका। स्याउ चोरेर भाग्दै गरेका। औषधी कारखाना आगो लगाउँदै गरेका। यस्ताले बनाउँछन् देश?’

    राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो भएको टिप्पणी समेत उनले गरे। ‘राजा फर्काउने अरे,’ ओलीको भनाइ छ, ‘राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे। तिनीहरुलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’

    प्रधानमन्त्री ओलीले तोडफोड, आगजनी जस्ता कुरा अब स्वीकार्य नहुने समेत चेतावनी दिए। ‘तोडफोड, आगजनी, हिंसा, हत्या,’ उनले भने, ‘यस्ता कुराहरु अब स्वीकार्य हुँदैन। देशलाई संविधान र कानुन बमोजिम अगाडि बढाइन्छ।’

    प्रकाशित मिति :चैत्र ३० २०८१ शनिवार - १५:४७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij