Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुबईमा पहिलो पटक नेपाली फेस्टिभल आयोजना हुँदै

दुबईमा पहिलो पटक नेपाली फेस्टिभल आयोजना हुँदै


  • 1.6K
    Shares

    • images
    दुबईमा पहिलो पटक नेपाली फेस्टिभल आयोजना हुँदै

    संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सहरमा पहिलो पटक नेपाली फेस्टिभल आयोजना हुने भएको छ।

    नेपाली दूतावासको संरक्षण, गैर आवासीय नेपाली संघ (एनआरएन) शाखा युएई, नेपाली समाज तथा क्रियाशील ६ दर्जनभन्दा बढी संघसंस्था मिलेर यो फेस्टिभल आयोजना गर्न लागिएको हो। 

    फेस्टिभलको मुख्य उद्देश्य नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव मनाउनु हो। 

    फेस्टिभल अप्रली, २० मा दुबईको क्रिक पार्कमा हुनेछ। उक्त फेस्टिभलमा युएईको सातवटै सहरबाट व्यवसाय गरिरहेका नेपाली व्यवसायी सहभागी हुनेछन्। यो फेस्टिभलले व्यवसायको प्रचार–प्रसार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। फेस्टिभल बिहान १० बजेदेखि बेलुका १० बजेसम्म हुनेछ।

    फेस्टिभलमा नेपाली सहित २० हजारभन्दा बढी सहभागी गराउने आयोजकको योजना छ। यस फेस्टिभलले नेपाल र युएइबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै नेपाली समुदायबीच आपसी एकता, सहयोग र परम्परागत पहिचानको उत्सवको रूपमा मनाउने अवसर प्रदान गर्नेछ। 

    फेस्टिभलमा विभिन्न प्रकारका ५० भन्दा बढी व्यापारिक प्रदर्शनी स्टलहरू रहनेछन्। परम्परागत हस्तकलाद्वारा उत्पादित वस्तुहरू, नेपाली अर्गानिक उत्पादन तथा स्थानीय व्यवसाय प्रर्वद्धन गरिने छ।

    त्यस्तै, स्वादिष्ट खानाका परिकारहरू मःम, सेल रोटी, गुन्द्रुक, ढिडो आदी खानाहरूको स्वाद लिने अवसर र नेपाल तथा युएइका व्यवसायी, व्यापारीहरूबीच परिचयात्मक गतिविधिहरू हुनेछन्।

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १७:२८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij