Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने

नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने


  • 5.8K
    Shares

    नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने

    बाँके । बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म लकडाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले सूचना निकालेर जानकारी गराएको छ ।

    आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई ध्यान दिएर लकडाउन गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । लकडाउन भए पनि स्वास्थ्य, सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, एटीएमलगायत क्षेत्र भने बन्द नहुने जनाइएको छ ।

    लकडाउन उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - ११:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij