Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

धितोपत्र ऐन २०६३ मा संशोधन गरी परिवर्तन गर्न आयोगको सुझाव

धितोपत्र ऐन २०६३ मा संशोधन गरी परिवर्तन गर्न आयोगको सुझाव


  • 1.2K
    Shares

    धितोपत्र ऐन २०६३ मा संशोधन गरी परिवर्तन गर्न आयोगको सुझाव

    काठमाडौं ।  उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले धितोपत्र बोर्डको संरचना परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । आयोगले अर्थमन्ती विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनले धितोपत्र ऐन २०६३ मा संशोधन गरी परिवर्तन सुझाव दिएको हो । 

    जसमा आयोगले नेपाल चार्टर्ड  एकाउन्टेण्ट्स संस्था, नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सह–सचिव राख्ने व्यवस्था हटाउनु पर्ने सुझाव दिइएको छ ।

    ठूलोस्तरको सेयर कारोबार शुल्क कम गर्न, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको पुनः संरचना गरी नेप्शेको अतिरिक्त अन्य संस्थाहरूलाई पनि सेयर सहभागिता गराई पर्याप्त जनशक्ति सहित धितोपत्रको सुरक्षित डिपोजटरी सेवा दिने व्यवस्था र हाल १ जना मात्र विज्ञ राखे व्यवस्था गरेकोमा आयोगलपरिवर्तन गरी २ जना राख्ने व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ ।गर्न सुझाव दिएको छ। 

    वस्तु विनिमय बजार सञ्चालन गर्न, निजी क्षेत्रको उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न, लागत घटाउनु पर्ने र प्रक्रियालाई सरलीकृत गर्न, प्रिमियम र बुक विल्डिङ प्रक्रियाबाट सेयर निष्कासनको लागि पारदर्शी विधि बनाउन र  जनचेतना बढाउनु पर्ने प्रतिवेदनमा उल्लेख गरीएको छ ।

    सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्था तुरुन्त सुरु गर्नु पर्ने पनि सुझाव दिइएको छ ।जलविद्युत कम्पनीहरूलाई उत्पादनमा सुरु गरे पछि मात्रै प्राथमिक निष्कासन गर्न सक्ने व्यवस्था गर्न आयोगले सुझाव दिएको छ । 

     

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १२:०१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij