२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । नेपालका दुई युवा फोर्ब्स म्यागाजिनको सूचीमा परेका छन् । एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालबाट खेलाडी गौरिका सिंह र युवा अभियान्ता प्रकाश कोइराला परेका हुन् ।
‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह एसियाका ३० प्रभावशाली युवाको सूचीमा परेकी हुन् । यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइरालाले एसियाका ३० युवामा आफ्नो नाम लेखाएका हुन् । फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश गरिन्छ ।
गौरिका सिंह पछिल्लो ९ वर्षदेखि पौडी खेल्दै आएकी छन् । उनले विभिन्न उपाधिहरु जितेकी छन् । यस्तै सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका अभियान्ता प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् । फिनलिट नेपालका संस्थापकरहेका उनी कमजोर आय भएका मानिसलार्य आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् फोब्र्सले उल्लेख गरेको छ । गौरिका र कोइराला यो सूचीमा परेपछि अरु युवाहरुमा पनि प्रेरणा थपिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij