२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच छलफल सुरु भएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल सुरु भएको हो । शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएका छन् ।
यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij