२०८२ फाल्गुण ३० गते शनिवार
भक्तपुर । भक्तपुरमा करेन्ट लागेर घर माथिबाट खस्दा एक युवकको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर २ का २० वर्षीय सञ्जीव भारतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मङ्गलवार दिउँसो भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी आकाशे पुल नजिक ६ तले पक्की घरमा इन्टरनेट केवलको काम गर्न पुगेका भारतीलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घरबाट खसेका उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए । उनीसँगै गएका अर्का युवक रोहित तामाङ केवल जोडिएको पोलमा रोहित तामाङ चढेको र ६ तला पक्की घर माथिको रेलिङमा सञ्जीव भारती गई केवल लाइनको तार समाती चेक गर्दा एक्कासि करेन्ट लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij