Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नौ दिनपछि कार्यालय गए मेयर बालेन

नौ दिनपछि कार्यालय गए मेयर बालेन


  • 1.6K
    Shares

    • images
    नौ दिनपछि कार्यालय गए मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नौ दिनपछि बिहीबार कार्यालय पुगेका छन् । मेयर बालेन आज एकछिन कार्यालय आएर निस्किएको महानगर स्रोतले जनाएको छ ।

    “आज एकछिन कार्यालय आउनुभएको थियो, फेरि निस्किनुभयो,” महानगर स्रोतले भन्यो ।

    बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने मेयर बालेन कार्यालयमै रहेको दाबी गरे । “मेयर कार्यालय नआएर कहाँ जाने ? अहिले पनि मेयर सा'ब कार्यालयमै हुनुहुन्छ,” उनले भने ।

    प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुनुअघिदेखि नै बालेन बिदामा बसेका थिए । गत हप्ताको बिहीबार गुरागाईं कार्यालयमा हाजिर भएका थिए । महानगर प्रहरी बलको अवरोधका बाबजुद उनलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षसम्म पुर्‍याएका थिए ।

    त्यतिबेला बालेन दोलखाको भीमसेन पुगेका थिए । महानगर स्रोतका अनुसार, बालेन गत साताको मंगलबारदेखि महानगर गएका थिएनन् ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १५:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij