Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

बालेनका स्वकिय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग

बालेनका स्वकिय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग


  • 1.3K
    Shares

    • images
    बालेनका स्वकिय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग

    काठमाडौं । विभिन्न पेशागत संगठनले काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे र मेयर बालेन्द्र शाह (बालेन) का स्वकिय सचिव भूपदेव शाहलाई कारबाहीको माग गरेका छन् ।

    स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते महानगर कार्यालयमा भएको घटनाको छानविनको माग गर्दै कारबाही गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईसँग माग गरेका हुन् ।

    स्थानीय तह कर्मचारी यूनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघले कारबाहीको माग गरेका हुन् । तीन संगठनहरुले तीन दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् ।

    ‘कार्यालयको प्रशासनिक प्रमुखको रूपमा नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौं महानगर प्रहरी बलका प्रमुख र उनका कर्मचारीहरूले प्रशासनिक कार्यमा बाधा पु¥याउने कार्य गरेका छन्, जसका कारण प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र कर्मचारीहरूलाई धरपकड र अपत्तिजनक भनाइहरूको सामना गर्नुपरेको छ ।’, ज्ञापनपत्रमा भनिएको छ ।

    ‘अनधिकृत व्यक्तिले मौखिक आदेश दिने, त्यस्तो आदेश नमान्ने कर्मचारीलाई अपमानित गर्ने, धम्क्याउने प्रवृत्ति बढ्दै गएकाले यस्तो प्रवृत्ति व्यवहारिकरुपमा नै अन्त्य गरियोस् र अड्डा प्रशासनलाई प्रमुख प्रशासकीय अधिकृतमार्फत कानूनसम्मत ढंगले सञ्चालन गर्ने वातावरण निर्माण गरियोस्,’ कर्मचारी संगठनहरुको माग छ ।

    raju1.jpg

    raju2-505x768.jpg

    raju3-481x768.jpg

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १३:३२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij