Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोरोना प्रभाव : प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

कोरोना प्रभाव : प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित


  • 6.3K
    Shares

    कोरोना प्रभाव :  प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित
    images

    मकवानपुर । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाको यही बैशाख १७ र १८ गते हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

    आयोगले यसअघि लिखित परीक्षाको लागि जारी गरेको सूचना रद्ध गर्दै अर्को सूचना जारी नभएसम्मको लागि लिखित परीक्षा स्थगित गरिएको जनाएको छ । 

    मंगलबार एक सूचना जारी गर्दै आयोगको यही बैशाख १७ र १८ गते हुने भनिएको विज्ञापन नं २२४–२२७/०७७–७८ (खुला र समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूह, सहायकस्तर चौथौ र सह लेखापाल पदको दोस्रो चरणको लिखित परीक्षा अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको आयोगले जनाएको छ ।

    आयोगका निमित्त सचिव भोला दाहालका अनुसार गत पुस २५ गते उक्त पदहरुको पहिलो चरणको परीक्षा संचालन गरी गत चैत १६ गते नतिजा प्रकाशन गरिएको थियो । मानव स्वास्थ्य नै मुख्य कुरा भएको र र जोखिमको अवधिभर भीडभाड हुने गरी कुनै पनि कार्य नगर्न सरकारको स्पष्ट निर्देशन भएकोले परीक्षा रद्ध गर्न परेको दाहालले बताए ।  

    परीक्षा स्थगित भएसँगै २ हजार ५ सय ७२ जना परिक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् । परीक्षा स्थगित भएपछि परीक्षाको तयारी गरिरहेका परिक्षार्थीहरु समस्यामा परेका छन् । परीक्षार्थीहरूले परीक्षा स्थगित भएपछि परीक्षा कहिले हुने भन्ने सन्दर्भमा चासो चिन्ता व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १०:३१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij