२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । आज (बुधबार) बिहानैदेखि देशका धेरैजसो स्थानमा मौमस बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बिहानैदेखि देशभरजसो घाम लागेको छैन । काठमाडौं उपत्यकामा बिहानै छिटपुट पानी परेर अहिले रोकिएको छ ।
‘आज दिनभर नै उपत्यकामा घाम लाग्ने सम्भावना छैन,’ मौसमविद् श्रेष्ठले बुधबार बिहान भने, ‘फेरि पानी पर्ने सम्भावना छ, तर हल्का मात्र ।’
उनका अनुसार खासगरी आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा अलि ठूलो वर्षा हुने सम्भावना छ । तर ठूलो भन्नाले भारी वर्षा होइन, मध्यम किसिमको ।
मौसमविद् श्रेष्ठका अनुसार अहिले देशका धेरै स्थानमा तुवाँलो पनि लागेको छ । जसले वायु प्रदूषण बढाउँछ । ‘ठूलो वर्षा भए तुवाँलो हट्थ्यो,’ उनले भने, ‘हल्का वर्षाले त्यो हट्ने सम्भावना हुँदैन ।’
आज हावाहुरीको सम्भावना भने कमै रहेको उनले बताए । तर अहिले प्रि-मनसुन भएकाले मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना भने हुन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij