Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वर्षाका कारण राजमार्गहरुमा पहिरो, कहाँ–कहाँ भइरहेको छ अवरुद्ध ?

वर्षाका कारण राजमार्गहरुमा पहिरो, कहाँ–कहाँ भइरहेको छ अवरुद्ध ?


  • 1.2K
    Shares

    • images
    वर्षाका कारण राजमार्गहरुमा पहिरो, कहाँ–कहाँ  भइरहेको छ  अवरुद्ध ?
    फिस्लिङ पहिरो, फाइल फोटो

    काठमाडौं । बुधबार साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न राजमार्गमा बाढी र पहिरो गएको छ । पहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।

    नेपाल प्रहरीले जारी गरेको बिहान ८ बजेसम्मको अपडेट अनुसार विभिन्न ९ स्थानका राजमार्गमा पहिरो गएको छ । जसमध्ये ३ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ५ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ । एक स्थानमा भने पहिलो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ ।

    प्रहरीका अनुसार रुकुम पश्चिमको राप्ती राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ । त्यस्तै, कालिकोटको सुर्खेत–हुम्ला सडक र सल्यानको जाजरकोट सडक पहिलोका कारण पूर्णरुपमा अवरोध छ ।

    489240681_632142789592352_1495732012071302300_n_ybermkcdnv_vR0yBCBeQk.jpg

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १०:२९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij