Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


  • 1.1K
    Shares

    • images
    इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । इलामको सदरमुकामस्थित जिरो किलो भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    इलाम नगरपालिकाको जिरो किलोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले बताए । मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘मृतकको पहिचान खुलाउने प्रयास गर्दैछौँ ।’

    पार्किङ गरेर राखेको ट्याक्टर चोरेर दौडाउँदै गर्दा दुर्घटनामा परेको आशङ्का गरिएको छ । तर, ट्याक्टर धनीसँग बुझेपछि मात्र त्यसबारे यकिन गर्न सकिने एसपी कोइरालाले बताए । उनले भने, ‘चोरी गरेको यकिन भएको छैन, हामी ट्याक्टर धनीलाई बोलाएर बुझ्छौँ ।’ 

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १०:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij