Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हावाहुरीले कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध

हावाहुरीले कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध


  • 1.4K
    Shares

    • images
    हावाहुरीले कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध

    काठमाडौं ।  ‎‎हावाहुरीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत  र टेलिफोन सेवा अवरुद्व भएको छ । बुधबार राति आएको हावाहुरी र चट्याङले रुख ढाल्दा विद्युत् सेवा अवरुद्व भएको हो ।

    हावाहुरीसहितको वर्षाका कारण कोहलपुर-सुर्खेत ३३ केभी र पश्चिमको कुइने-बाबियाचौर-वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र संचालनमा आएको छ । त्यसयताको बाँकी लाइन मर्मतका लागि प्राविधिक टोली खटिएको प्राधिकरणको सुर्खेत वितरण कार्यालयले जनाएको छ ।

    धेरै ठाउँहरुमा रुख ढलेको र पोलहरु ढलेकोले विद्युत सेवा संचालन हुन समय लाग्ने बताइएको छ । पश्चिम सुर्खेतको लाइन भने कहाँ क्षति भएको छ भन्ने नै पत्ता नलागेकोले खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ ।

    यी दुई लाइनबाट कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुगेको छ । उक्त लाइन अबरुद्ध हुँदा कर्णालीका १० वटै जिल्लाहरु प्रभावित भएका हुन् ।

     

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ०९:४३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij