Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

सरकारले जफत गर्‍यो खुमबहादुर खड्काको जग्गा

सरकारले जफत गर्‍यो खुमबहादुर खड्काको जग्गा


  • 1.9K
    Shares

    • images
    सरकारले जफत गर्‍यो खुमबहादुर खड्काको जग्गा

    काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाइएको छ ।

    कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार जग्गा जफतका लागि प्रक्रिया अघि बढाइएको बताए ।

    ‘मालपोतबाट कागजात मगाएर प्रतिवेदन तयार पार्दैछौं,’ पन्थीले अनलाइनखबरसँग भने, ‘अबको केही दिनमा मन्त्रालयमा पेश भएपछि गृहमन्त्रीज्यूले निर्णय गरेपछि जग्गा जफत हुन्छ ।’

    सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै जग्गा जफत गर्ने फैसला सुनाएको थियो ।

    उनको सानेपा रहेको १ करोनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो । साढे २० लाख भने असुल उपर भइसकेको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १६:४०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij