२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल आयल निगमको विज्ञ सञ्चालक सदस्यको पद रिक्त भएको छ । आयल निगमले उक्त पदको लागी दरखस्त आवाह्रन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै निगमको रिक्त पदको लागि आवेदन खुला गरेको हो ।
उक्त पदमा दरखास्त दिन नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकपास गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा १० वर्षको विज्ञता हासिल गरेको हुनु पर्ने जानकारी मन्त्रालयले दिएको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको छ ।
उक्त पदमा दरखास्त दिन इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा आवेदन दिन सक्ने मन्त्रालयले जानकारी दिएकोको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij