२०८२ माघ ७ गते बुधवार
काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा नयाँ सुविधा सार्वजनिक गरेको छ ।
‘खल्ती प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएको छ । लाइन बस्नुपर्ने झन्झट र विभिन्न सम्स्याबाट हुने झन्झटलाई पाखा लगाउदै तुरुन्तै केही समयमै ५० हजार रुपैयाँसम्मको कर्जा रकम खल्तीबाट प्राप्त हुने व्यवस्था रहेको छ।
डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ यो सुविधा ल्याएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् । तत्कालै आर्थिक आवश्यकता परेको समयमा सहज ढंगले उपयोग गर्न सकिने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij